मोरङको डाँगिहाटस्थित आरजु राइस मिलले सरकारले तोकेभन्दा बढी मूल्यमा धान खरिद गरिदिने भएको छ ।
आइतवार विराटनगरमा पत्रकार सम्मेलन गरी मिलले खरिद मूल्य समेत सार्वजनिक गरेको छ ।
नेपाल सरकारबाट स्वीकृत २ जातको धान सरकारी दररेटभन्दा बढी मूल्यमा मिलले खरिद गरिदिने आरजु राइस मिलका महाप्रबन्धक विवेकानन्द झाले बताए ।
तेज गोल्ड र राम धान जातको बिउको सरकारी दररेट २ हजार ९०० छ भने मिलले ३ हजारमा खरिद गर्न लागेको मिलका महाप्रबन्धक झाले बताए । बजारमा बढी मूल्य परेमा त्योभन्दा बढी मूल्यमा खरिद गरिदिने समेत उनले बताए ।
यसवर्ष ११ हजार टन धान खरिद गरिने मिलले जनाएको छ । धान खरिदका लागि किसानसँग मिलले शर्त राखेको छ । धान खेती गर्ने किसानले पहिल्यै मिललाई जानकारी गराएर रोप्नुपर्ने नेपाल कृषि केयर कम्पनीका निर्देशक डा। रामचन्द्र खनालले बताए ।
मिल नेपाल कृषि केयर कम्पनीमार्फत सञ्चालित छ । धान सिधै किसानबाट खरिद गर्ने समेत जनाइएको छ । ‘किसानलाई बैंकमार्फत भुक्तानी गर्ने भएका छौं,’ खनालले भने, ‘त्यसो गर्दा बिचौलियाले चलखेल गर्न पाएन ।’