नेपाली बजारमा आज सोमबार सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ६ सय रूपैयाँले घटेर ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मुल्य पनि ६ सय रूपैयाँले घटेको छ । आज तेजाबी सुन ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।