चैत ८, २०७७ आइतबार

फागु पर्व अर्थात रंगहरुको उत्सव होली आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको हो ।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ ।