त्रिवि मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेटको फाइनल खेलमा नेपालले एकै ओभरमा तीन विकेट गुमाएको छ ।
पपुवा न्युगिनीसँगको खेलमा नेपालले १२ औँ ओभरमा तीन विकेट गुमाएको हो । पपुवा न्युगिनीका सेमो केमाले नेपालका आसिफ शेख, आरिफ शेख र दिलिपनाथको विकेट लिएका हुन् । सो ओभरमा उनले कुनै रन पनि दिएनन् ।
लगातार विकेट गुमाएपछि नेपाल दबाबमा परेको छ । नेपालले यो समाचार तयार पार्दासम्म १३ ओभरमा ५ विकेट गुमाएर ८८ रन बनाएको छ ।