काठमाण्डौ ।
संस्कार समाज नेपालले अन्नपूर्ण गाउपालिका वडा नं। १०, परियार बस्तिमा न्यानो कपडा बितरण गरेको छ ।

संस्कार समाज नेपालको १५९ औ श्रृङ्खला अन्तर्गत परियार बस्तिमा अध्यक्ष पशुपति गुरूङको आर्थिक सहयोगमा न्यानो कपडा बितरण गरेको हो ।

बिगत तीन बर्षदेखि जनचेतनामूलक कार्यक्रम गर्दै आएको संस्थाले कोभिड१९ का महामारिमा राहत कार्यक्रमसमेत संचालन गरेको संस्थाले २६ परिवारलाइ न्यानो कपडा बितरण गरिएको सचिव प्रकाश समिरले जानकारि दिनु भयो ।

झण्डै २६ बर्ष पछि आफ्नो जन्मगाउ फर्किनु भएको गुरूङको सामाजिक कार्यको स्थानियहरूले खुलेर प्रशंसा गरेका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष गुरूङले भन्नू भयो झतपाइहरूको लगाउने लुगा छैन भनेर मैले लुगा लिएर आएकी होईन, आफ्नो माइतिहरूलाइ कोसेलि लिएर आएको हुँ, चेलिको कोशेलि सम्झेर स्वीकार गरिदिनु होला । गुरूङले संस्कार समाज नेपालको अभियानबारे बताउदै काम गर्ने संस्कारको बिकास गर्न आग्रह गर्नु भयो । भबिष्य सम्झेर बचत गर्नु पर्छ भन्दै सन्तोष नै ठूलो कुरा भएको बताउनु भयो ।