काठमाडौँ, २२ चैत्र । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ केही हप्ताभित्रै नेपाल भ्रमणमा आउने बुझिएको छ ।
योगी दोस्रो पटक उत्तर प्रदेशको मुख्यमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा नेपाललाई रोजेको विश्वस्त स्रोतले बताएको छ । उनले नेपाल भ्रमणको दौरान पशुपतिनाथलगायत धार्मिक तीर्थस्थलको भ्रमण गर्नेछन् ।
योगीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा बनारसमा विशेष स्वागत गरेका थिए । देउवालाई काशी विश्वनाथको दर्शनसमेत गराएका थिए ।
नेपालमा योगीको भ्रमणको मिति भने तय गरिएको छैन । तर, उनले नेपाल भ्रमणमा आएर महत्त्वपूर्ण सन्देश दिने बुझिएको छ ।