काठमाडौँ : विद्रोहीको आक्रमणबाट शान्ति मिशनका लागि कङ्गोमा रहेका नेपाली सैनिक जवान घाइते भएका छन्। परेशन 'बाली'का क्रममा सैनिक जवान घाइते भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।
'नेपाली शन्ति सैनिकहरूले अपरेशन 'बाली'को दौरान, मिति २९७८/१२/२२ गते प्रमुख सेनानी निकिल कुवँरको कमाण्डमा कर्डन एन्ड सर्चको कारबाही सञ्चालन गरी, विद्रोहीको अब्चेक्टिभ कब्जा गरी जमिन होल्ड गरेपश्चात, विद्रोहीले अज्ञात स्थानबाट गरेको फायरबाट उक्त मिशनमा कार्यरत एक जना सैनिक जवान घाइते भएको बेहोरा जानकारी गराइन्छ,' जंगी अंड्डाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
घाइते सैनिक जवानलाई तत्काल हेलिकोप्टरमार्फत् उद्धार गरी बुनियाँस्थित लेबल-२ अस्पतालमा उपचार भइरहेको छ। बाँकी नेपाली सैनिकहरू सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ।