चैत २३, २०७८ बुधबार

काठमाडौं, २३ चैत्र । सन् २०२२ मा गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी १९२९औं नम्बरमा परेका छन् । उनको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ ।

फोबर्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ । उनको सीजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सीजी फुड्समा लगानी रहेको भनिएको छ ।

६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ । वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ । इजिप्टमा पनि वाइ वाइ उत्पादनको प्रक्रियामा छ ।

सीजीको होटलमा पनि लगानी रहेको छ । भारतको ताल होटल चेनमा समेत उनको लगानी छ ।