चैत २३, २०७८ बुधबार

काठमाडौँ, २३ चैत । धनगढीबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरेको छ ।

उडान नं. २५२ को जहाजमा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।

विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्थासमेत गरिएको साथै स्वास्थ्यकर्मीको चेकजाँच र यात्रुले ठिक छ भनेपछि विरामी आफन्तका साथ बाहिर निस्किएको बताइएको छ ।

"धनगढीबाट काठमाडौँका लागि उडान नं. २५२ मा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरियो । विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको पनि व्यवस्था थियो । स्वास्थ्यकर्मीको चेकजाँच र यात्रुले ठिक छ भनेपछि उहाँ आफन्तका साथ बाहिर निस्कनु भयो ।"— Buddha Air (@AirBuddha) April 6, 2022