नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । गए राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो ।
इन्धनको मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।
निगमले खाना पकाउने ग्यासको मूल्य पनि २५ रूपैयाँले बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिन्डर १६ सय रुपैयाँ पुगेको छ ।