बिहीवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन (बुधवार) यस्तो सुन प्रति तोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीवार चाँदीको मूल्य प्रति तोला १ सय १ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार यस दिन चाँदी प्रति तोला १ हजार २ सय ३४ रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधवार चाँदी प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।