चैत २५, २०७८ शुक्रबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

स्टकका अनुसार कम्पनीको ७ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय २ रूपैयाँ ८० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ६ सय ४५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको वार्षिक साधारण सभा वैशाख ९ गते, लैनचौर बैंन्क्वेट, लैनचौर काठमांडौमा बिहान १० बजे सुरु हुनेछ ।

सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

624ecf0f00bdd.jpg