मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छन् । आफ्नो कार्याल सकिन ५ दिन बाँकी रहँदै उनले राजीनामा गरेकी हुन् ।
खुञ्जेलीको पहिलो कार्याकाल यही १० चैतबाट सकिँदै थियो । केही दिनदेखि बिदामा रहेकी खुञ्जेलीले बिहीबार राजीनामा बुझाएको बैंक स्रोतले जानकारी दियो ।
दुई कार्यकालसम्म नवीकरण गरी कार्यकाल बढाउन पाउने नियम भए पनि कार्यकाल नथपिने संकेत पाएपछि उनले पद छोडेको हुनसक्ने अनुमान गरिएको छ ।
खुञ्जेली नेपालका वाणिज्य बैंकहरू सीईओ हुने पहिलो महिला हुन् । उनले अर्को बैंकका जानका लागि कम्तिमा ६ महिनाको कुलिङ अवधि बिताउनु पर्ने हुन्छ ।
अहिले ४ वटा बैंक सीईओबिहीन छन्।अनुपमाको कार्यकालमा मेगा बैंकको पुँजी र व्यवसाय दुई गुणा बढेको छ ।