चैत २५, २०७८ शुक्रबार

नयाँ दिल्ली : चिनियाँ ह्याकरहरूले लद्दाख नजिकैको भारतको पावर प्लान्टमा दुई पटक आक्रमण गर्ने प्रयास गरेको भारतीय ऊर्जामन्त्री आरके सिंहले जानकारी दिएका छन् । तर, ह्याकरहरू यसमा सफल हुन नसकेको समाचार बीबीसीमा छ।

अमेरिकास्थित साइबर सेक्युरिटी फर्म रेकर्डेड फ्युचरले यस्तो दाबी गरेको हो ।  अप्रिल ६ मा जारी गरिएको प्रतिवेदनमा चिनियाँ ह्याकरहरूले सेप्टेम्बर २०२१ देखि ७ राज्य लोड डिस्प्याच सेन्टरहरू (एसएलडीसीएस) मा आक्रमण गरेका छन्।

यी केन्द्रहरू लद्दाखमा भारत-चीनको विवादित सीमा नजिकै छन्। यी केन्द्रहरूमा ग्रिड नियन्त्रण र विद्युत वितरण कार्य गरिन्छ। अङ्ग्रेजी पत्रिका द हिन्दूमा यो समाचार छापिएको छ ।

चिनियाँ ह्याकरहरूले लगातार भारतीय पावर प्लान्टलाई निशाना बनाएको प्रतिवेदनलाई केन्द्र सरकारले पुष्टि गरेको छ।

मन्त्री आरके सिंहले बिहीबार पत्रकारहरूलाई चिनियाँ ह्याकरहरूले लद्दाख नजिकैको विद्युत वितरण केन्द्रहरूमा कम्तिमा दुई पटक आक्रमण गर्ने प्रयास गरेका बताएका हुन्।