चैत २५, २०७८ शुक्रबार

उपकार लघुवित्तको आईपीओमा पहिलो दिनमा नै माग गरेभन्दा २६ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ्ग हाउसका अनुसार आज साझ पाँच बजेसम्म २ लाख २१ हजार १५६ जनाले ५९ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको ५९ लाख ९ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । जुन कुल निष्काशित सेयर मध्येको अधिकतम २६.७२ प्रतिशतले बढी हो ।


कम्पनीले चैत २५ गतेबाट २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आइपीओ निष्काशन गरेको छ । कुल आईपीओ मध्ये ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सर्वसाधारणका लागि जारी गरेको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।