चैत २५, २०७८ शुक्रबार

काठमाडौँ, २५ चैत्र । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ ।

स्थानीय तहको निर्वाचनको आचारसंहिता लागू हुनुअघि आज नै कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।

निर्वाचन आयोगले आज राति १२ बजेबाट निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।

कांग्रेसबाट संसदीय दलका नेता डा. रणबहादुर रावल, गोविन्द बोहोरा र टेकबहादुर रैका सरकारमा सहभागी हुने भएका छन् ।

रावल आन्तरिक मामिलामन्त्री, बोहोरा सामाजिक विकासमन्त्री र रैका सामाजिक विकास राज्यमन्त्री बन्ने जनाइएको छ ।

कांग्रेस सरकारमा सहभागी हुनेबित्तिकै माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) दुई मन्त्री र एक राज्यमन्त्री सरकारबाट हट्ने जनाइएको छ ।