चैत २६, २०७८ शनिबार

अन्तिम दुई बलमा १२ रन चाहिएको अवस्थामा राहुल टेवाटीयाले लगातार दुई छक्का प्रहार गरेसँगै गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ। इन्डियन प्रिमियर लिग अन्तर्गतको खेलको १६ औं ओभरमा गुजरातलाई जितका लागि पञ्जाबले १९० रनको लक्ष्य दिएको थियो। अन्तिम ओभरमा गुजरातालाई जितका लागि १९ रन जरुरी थियो। जहाँ गुजरातले लक्ष्य पूरा गर्‍यो।

१९० रनको लक्ष्य पछ्याएको गुजरातका लागि शुभमन गिलले जितको आधार तयार गरेका थिए। उनले ५९ बलमा ९६ रनको सानदार इनिङ खेले। त्यस्तै‚ साई सुधर्सनले ३५ रन बनाउँदा हार्दिक पांड्याले २७ रन बनाए। उसका लागि डेभिड मिलर ६ रन तथा राहुल टेवटिया १३ रनमा अविजित रहे। ३ बलमा १३ रन बनाएका टेवटियाले जितका लागि अन्तिम २ बलमा २ छक्का प्रहार गर्दै खेल आफ्नो पक्षमा पारेका थिए।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो। उसका लागि लियम लिभिङस्टनले सर्वाधिक ६४ रन बनाएका थिए। उनले २७ बलमानै ७ चौका र ४ छक्काकव विष्फोटक इनिङ खेल्दै ६४ रन बनाए। त्यस्तै‚ शिखर धवनले ३५ रन बनाउँदा जितेश शर्माले २३ रन जोडेका थिए। त्यस्तै राहुल चहर २२ रनमा अविजित रहँदा अर्सदीप सिंह पनि १० रनमा अविजित रहे।