महेश सिंह/सिरहा/लहान २६ चैत - ज्योति विकास बैंक लिमिटेडले सिरहाको लहानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकको सञ्चालक समितिका अध्यक्ष हरीचन्द्र खड्काको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक अमात्य प्रमुख अतिथि रहेका थिए ।
लहानबासीका लागि बचत र आर्थिक लेनदेनको बैंकिङ्ग सेवा थपिएकोले सहभागशिहरूले खुसी व्यक्त गरेका थिए ।
उक्त बैंकले नेपालमा ११० वटा शाखा खोल्न सफल भएकाे छ ।