चैत ९, २०७७ सोमबार

 स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागहरुमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशखाका मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए।

सोमबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। पानी पर्ने प्रणाली कमजोर रहेकाले केही दिन मौसम यस्तै रहने मौसमविद् अर्यालले बताए। यसैबीच सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलब २ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।