चैत २७, २०७८ आइतबार

साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य बढेको छ।

आइतबार सुन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार भने सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार भने चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। 

शुक्रबारको तुलनामा आज सुन प्रतितोला आठ सय र चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो। 


आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।