जनकपुरधाम : धनुषामा भूमि सुधार तथा मालपोत कार्यालयका निमित्त प्रमुख सुनीलकुमार झा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छ्न्।
जनकपुरधामको भानुचौकस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले झालाई नियन्त्रणमा लिएको छ । जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग घुस लिएका हुन्।