चैत २८, २०७८ सोमबार

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (सोमवार) एक खेल हुँदैछ ।

मुम्बईमा हुने एक मात्र खेलमा सनराईजर्स हैदरावाद र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल ७:४५ बजे शुरू हुनेछ।

हैदरावाद आज दोस्रो  जित निकाल्ने योजनामा हुनेछ । हैदरावादले ३ खेलमा २ अंक जोडेको छ । हैदरावाद आठौं स्थानमा रहेको छ ।

नवप्रवेशी गुजराज आज लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ । गुजरातले अघिल्लो तीन खेलमा जित निकालेको छ । गुजरात ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

हैदरावाद र गुजरात पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । गुजरात यसै सिजनबाट आईपीएल खेलिरहेको कारण दुई टोलीबीच यस खेल पहिलो भेट हुनेछ ।