एजेन्सी, २८ चैत्र । भारतको झारखण्डस्थित देवघरको त्रिकूट पहाडमा सोमबार बिहान केबुलकार दुर्घटना भएपछि राहत तथा उद्धार कार्य सुचारु भएको छ । तर एनडीआरएफ र सेनाका कमाण्डोले तारको जालका कारण ६ घण्टाको प्रयासपछि पनि उद्धार गर्न सकिएको छैन । दुईवटा हेलिकप्टर सञ्चालनमा छन् । अवस्था यस्तो छ कि आइतबार अपराह्न ४ बजेदेखि १८ घण्टाभन्दा बढी समयदेखि ट्रलीमा फसेका ४८ जना हावामा झुण्डिएका छन् ।
रातभर मानिसहरू रोपवेको ट्रलीमा बसेर हावामा झुण्डिएका थिए । एक अर्कासँग कुरा गरेर डरलाई जित्न आग्रह गरिएको थियो । बिहानैदेखि सेनाले उद्धार सुरु गरेको थियो । बिहान साढे ६ बजे वायुसेनाको हेलिकप्टर आइपुग्यो । यसमा कमाण्डो पनि छन् । हेलिकप्टरले अपरेशन सुरु गर्नुअघि हवाइ सर्वेक्षण गरेको थियो। हावामा अड्किएका ट्रलीमा फसेका मानिसलाई तल ल्याउने योजना बनाइएको छ ।
देवघर विमानस्थलका निर्देशक सन्दीप ढिङग्राले दुईवटा हेलिकप्टर आइपुगेको बताए । वायुसेनाका यी हेलिकप्टरलाई विमानस्थल प्राधिकरणले स्थान दिएको छ ।
देवघर विमानस्थलका निर्देशक सन्दीप ढिङग्राले दुईवटा हेलिकप्टर आइपुगेको बताए । वायुसेनाका यी हेलिकप्टरलाई विमानस्थल प्राधिकरणले स्थान दिएको छ । केबिन जमिनबाट करिब २५०० फिटको उचाइमा छ।
अबेर राति केबिनमा फसेका मानिसहरूलाई खानाका प्याकेटहरू पु¥याउने प्रयास गरिएको थियो।
तर, धेरै मानिसलाई खाना र पानी पुग्न सकेको छैन । एनडीआरएफ टोलीले केबिनमा खुला ट्रलीबाट प्याकेट फाल्ने प्रयास गरेको थियो। सबैको हिम्मत बढाउने प्रयास भयो । घटनास्थलमा सांसद डा निशिकान्त दुबे, उपायुक्त, प्रहरी उपरीक्षक लगायत सबै अधिकारीहरू क्याम्प बसेका थिए ।