काठमाडौँ — राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनको सूचना सार्वजनिक भएपछि खुलेको पहिलो दिनको सेयर बजार ४४.६४ अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि नेप्से २४१९ अङ्कमा कायम भएको छ । कल २ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ ।
सबै उपसमूह घटेका छन् । बैंकिङ १४, विकास बैंक ६४, फाइनान्स ४५, होटल तथा पर्यटन ६९, जलविद्युत ६०, जीवन बीमा ४३१, उत्पादन १२८, माइक्रोफाइनान्स ५१, निर्जीवन बीमा १५५, अन्य ९१ र व्यापार उपसमूह ६४ अंकले घट्यो । कुल १७ कम्पनीको मूल्य बढ्यो भने १७६ को घट्यो, २ को स्थिर रहृयो । नेस्डो र जल्पा लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स, निफ्रा, नबिल बैंक, एनआईसी एसिया र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे ।