काठमाडौँ : एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ। नेपाल ताजकिस्तानसँग ११-१ गोल अन्तरले हारेको हो। लागातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।
किर्गिस्तानमा आज भएको खेलमा नेपाल र ताजकिस्तानले पहिलो हाफमा १-१ गोलको बराबरी खेलेका थिए। दोस्रो हाफमा भने ताजकिस्तानले १० गोल गर्न पुग्यो। नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गरेका थिए।
यसअघि नेपाल आइतबार उज्वेकिस्तानसँग ५-१ गोलअन्तरले पराजित भएको थियो। समूह ‘बी’मा रहेको नेपालले अब मंगलबार समूहचरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।