काठमाडौँ । सोमबार ४५.६५ अङ्कले घटेको नेप्से मङ्गलबार ३४.७८ अङ्कले घटेको छ । नेप्से २३८५.०२ विन्दुमा आइपुगेको छ । पुँजी बजारसँग कारोबार रकम पनि घट्दो क्रममा रहेको छ ।
मङ्गलबार २३७ कम्पनीको सेयर ३१ हजार ५७६ पटक करोबार भएको छ । ३७ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ५२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
यतिवेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । सेयर खरिद तथा बिक्री गर्न चाहानेको सङ्ख्या कम हुँदा करोबार बढ्न नसकेको लगानीकर्ताहरू बताउँछन् ।
आज होटल एण्ड टुरिजम उपसमूहबाहेक सबै उपसमूह घटेर राता भएका छन् ।