महेश सिंह/सिरहा - सन नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाले पीडित परिवारलाई मृत्यु दाबी भुक्तानी दिएकाे छ । सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर १० अमरैया बस्ने हेमनारायण चौधरी र आमा मन्जुकुमारी चौधरीकी १९ वर्षको कान्छो छोरा आदित्यनारायण चौधरीको २०७८ भदौ १ गते सप्तरीको छिन्मस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
कम्पनीकाे लहान शाखा प्रबन्धक उपेन्द्रनारायण महतोद्वारा पीडित परिवारलाई क्रिया खर्चसहित २ लाख ५६ हजार बराबरको माछापुच्छ्रे बैंकको चेक हस्तान्तरण गरेका छन्।