चैत ३०, २०७८ बुधबार

लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका आन्तरिक प्रतियोगिता, खुला र समावेशी पदको विज्ञापन खुलाएको छ ।

आयोगले बुधवार गोरखापत्र दैनिकमा सूचना सार्वजनिक गर्दै सो पदमा विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिनुपर्ने आयोगले जनाएको छ । एसइई उत्तीर्ण भएकाले पनि आवेदन दिन सक्नेछन् ।