चैत ३०, २०७८ बुधबार

 सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको छ। 

हिजो आठ सयले बढेको छापावाल सुन आज ६ सयले बढेर एक लाख १५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन एक लाख एक हजारमा कारोबार भइरहेको छ। 

यस्तै, आज चाँदीको भाउ पनि २० रुपैयाले बढेर तोलाको १४ सय रुपैयाँमा पुगेको छ। हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ  थियो ।