म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ।
गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटी र एट्लेटिको म्याड्रिड गोलरहित बराबरी खेलेपछि सिटीले समग्रमा १९० को अग्रता हासिल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
एटलेटिको म्याड्रिडको घरेलु मैदानमा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा सिटीले एटलेटिकोलाई रोक्दै सेमिफाइनलको यात्रा तय गरेको छ।
स खेलमा खेलको ९१औ मिनेटमा एटलेटिकोका फेलिपले रातो कार्ड पाएका थिए ।
अब सेमिफाइनलमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडको सामना गर्ने भएको छ। सेमिफाइनलको पहिलो लेग अप्रिल २६ र दोस्रो लेग मे ४ मा हुदै छ।