बैशाख १, २०७९ बिहिबार

नयाँदिल्ली — दिल्लीमा यस वर्ष अरबिन्द केजरीवाल नेतृत्वको सरकारले ३५ लाख बिरुवा रोप्ने भएको छ । दिल्लीको हरियाली क्षेत्र २३ प्रतिशत भए पनि वायुमा प्रदूषणको मात्रा निकै छ ।

त्यसलाई कम गर्न दिल्ली सरकारले वृक्षरोपण र रूखबिरुवा संरक्षणलाई प्राथमिकतामा राख्दै आएको छ । त्यसअनुसार आर्थिक वर्ष ०२२/२३ मा ३५ लाख ३८ हजार बिरुवा रोप्न सरकारले ‘मेगा’ अभियान नै चलाउने भएको हो ।