बैशाख १, २०७९ बिहिबार

 


काठमाडौँ, १ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ ।

एन्फाले बिहीबार आधिकारीक वेबसाइटमार्फत यस्तो जानकारी दिएको हो ।

‘एन्फा अफिसियल’ नामक नयाँ फेसबुक पेज खोलेको समेत जनाइएको छ ।

भेरिफाइड भएको दुई लाख बढी फलोअर्स भएको उक्त पेजलाई फिर्ता ल्याउन असफल भएको बताएको छ ।

पुरानो पेज डिलिट गर्ने प्रक्रियामा लागेको एन्फाले जनाएको छ ।

नयाँ वर्षको शुभकामना दिँदै एन्फाले यसबारे जानकारी दिएको हो ।