धनगढी । जिल्ला सुरक्षा समिति कैलालीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदान स्थलको अनुगमन तथा निरीक्षण कार्यलाई अगाडि बढाएको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्धारण गरिएका मतदान स्थल तथा केन्द्रहरूको अनुमन कार्यलाई तीव्रता दिएको हो ।
जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी किरण थापाले कैलालीको हाइवे क्षेत्र, मोहन्याल, चुरेलगायतका निर्वाचन क्षेत्रहरूको अनुमन निरीक्षण गरिसकिएको बताए ।