नेपाली लनटेनिस टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छ । आईटीएफ वल्र्ड जुनियर टेनिस कम्पिटिसन (डब्लुजेटीसी) फाइनल क्वालिफाइङमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय टोलि भारत जान लागेको हो । वैशाख ५ देखि १० गतेसम्म (अप्रिल १८–२३) हुने यु–१४ उमेर समूहको प्रतियोगितामा सुनिरा थापा, आध्या पौड्याल र जेनी खड्काले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा रामेश्वर थापा छन् ।
टिम स्पर्धामा खेल हुनेछ । दुई सिंगल्स र एक डबल्समा खेल खेलाइने छ । गत फेब्रुअरी १४ देखि १९ तारिखसम्म श्रीलंकाको कोलम्बोमा भएको प्रिक्वालिफाइङमा तेश्रो हुँदै नेपालले भारतको प्रतियोगितामा सहभागिताको अवसर पक्का गरेको थियो ।
टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणाले सातदोबाटोमा शुक्रबार एक कार्यक्रम बिदाइ गरिन् ।