बैशाख ४, २०७९ आइतबार

काठमाडौँ, बैशाख ४ । आज सुनको भाउ स्थिर रहेको छ । बिहीबार तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा किनबेच भइरहेको हो ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा नै स्थिर छ । आज चाँदीको भाउ पनि तोलाको १४ सय १५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ४५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८७ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १२ सय १३ रुपैयाँ तोकेको छ ।