चैत १०, २०७७ मंगलबार

साताको तेस्रो दिन मंगलबार सुनको मूल्यमा सामान्य घटेको  छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ८६ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।