बैशाख ४, २०७९ आइतबार

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १६ गते, बुधबारबाट चैत्र २४ गते, बिहीबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयरमा परेको बोलपत्रहरू शुक्रबार खोलिएको छ ।

उक्त सेयरको प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भइसकेको छ । प्रारम्भिक विवरण अनुसार लिलामी सेयरमा २ सय २ रुपैयाँ ६ पैसा कट अफ कायम भएको निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जानकारी दिएको छ ।

बैंकले माघ ७ गतेबाट फागुन १३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १ लाख २० हजार १ सय २० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।