बैशाख ४, २०७९ आइतबार

मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पूर्व राष्ट्रिय खेलाडी सन्जीव बुढाथोकी निर्वाचित भएका छन्। विराटनगरमा सम्पन्न साधारण सभाबाट बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन भएको हो।

उपाध्यक्षमा दिपेन्द्र तिवारी, भुपाल श्रेष्ठ र धनकुमा लामा रहेका छन्। सदस्यमा बसन्तराज अर्याल, राजेशकुमार व्यञ्जनकार, खगेन्द्र थेवे, दिपेन्द्र धिमाल, विशाल तामाङ, इन्द्र राई, इन्द्रमणि पोखरेल, शेखर कार्की, उद्धव अर्याल र सचिन घिमिरे रहेका छन्। महिला सदस्यमा कौशिला लिम्बु रहेकी छन्।