बैशाख ५, २०७९ सोमबार

पेरिस सेन्ट जर्मेन पीएसजीले १०औँ पटक फ्रेन्च लिगवान फुटबलको उपाधि जितेको छ। गएराति भएको खेलमा मार्सेलीलाई २–१ गोलले पराजित गर्दै पीएसजीले १०औँ पटक उपाधि रक्षा गरेको हो। 

मार्सेलीलाई पराजित गर्न नेयमार र केलियन एमबाप्पेले १–१ गोल गरे। मार्सेलीका लागि कालेटा कारले शान्त्वना गोल फर्काए। खेलको १२औँ मिनेटमा गोल गर्दै नेयमारले पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए।

३१औँ मिनेटमा मोर्सेलीका केलेटा कारले बराबरी गोल फर्काए। पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत् गोल गर्दै एमबाप्पेले पीएसजीको जित सुनिश्चित गरे। 

जारी लिगमा पहिलो स्थानमा रहेको पीएसजीको ३२ खेलबाट ७४ अंक छ। दोस्रो स्थानको मार्सेलीको समान खेलबाट ५९ अंक छ। शीर्ष स्थानमा १५ स्थानको अग्रता बनाएसँगै पीएसजीले उपाधि रक्षा गरेको हो।