बैशाख ५, २०७९ सोमबार

कैलाली । जिल्लाको अत्तरिया चोकमा स्व. राजा महेन्द्रको शालिक अनावरण गरिएको छ । स्थानीयको पहलमा शालिक पुनर्निर्माण समिति गोदावरी अत्तरियाले उक्त शालिक पुनर्निर्माण गरेको हो ।

शालिकको लोमस गिरीजी महाराज मठाधीश निरन्जनी अखाडाले अनावरण गरेका छन् । २०६२/०६३ सालमा आन्दोलनकारीहरूले उक्त शालिक भत्काएका थिए ।