बैशाख ५, २०७९ सोमबार

नेपाली बजारमा आज (सोमबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ५ सय रूपैयाँले बढेर १ लाख २५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ५ सय रूपैयाँले बढेको छ । आज तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन १ लाख १५ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ । आज चाँदी १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी १४ सय रूपैयाँमा कारोबार भएको थियो ।