बैशाख ५, २०७९ सोमबार

श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरूवा गर्ने, नियमित पारिश्रमिक नदिनेलगायत समस्या बढ्दै जान थालेपछि नेपाल पत्रकार महासंघले विरोध कार्यक्रम घोषणा गरेको थियो। यसै क्रममा आज कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय परिसर अगाडि पत्रकारहरूले धर्ना दिएका छन्।  

उनीहरूले पत्रकार दिपा दाहालको कान्तिपुरमा तत्काल पुनर्बहाली, न्यूनतम पारिश्रमिक तत्काल लागु, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, स्ट्रिन्जर र रिपोर्टरलाई स्थायी बनाउनुपर्ने लगायतका माग राखेका छन्। 

विभिन्न बहानामा निष्कासित गरिएका पत्रकारहरूलाई पनि पुनर्वहाली गर्न माग गरेका हुन्। 

सञ्चार गृहसँग पटक/पटक पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदासमेत बेवास्ता गरिँदै आएको महासंघले जनाएको छ।

यस्तै सुन्धारास्थित नागरिक दैनिकको कार्यालयमा पनि वैशाख ७ र ८ गते दिउँसो १२ देखि १ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरिएको छ।