काठमाण्डौ।
घर नजिकै जंगल छ तर वर्षेनी सयौै टन दाउरा जंगलमै कुहिएर खेर जाने गरेको छ । तर सामुदायिक वन उपभोक्ता समुहका केही व्यक्तिले दाउरा काट्न मात्र होइन जंगलमा प्रवेश गर्न समेत नपाइने भन्दै उर्दी जारी गरेको स्थानीय उपभोक्ताको गुनासो छ ।
निशुल्क दाउरा बाल्न होइन ग्यास खरिद गर्न बाध्य बनाएको उनीहरुको दुखेसो छ । आइतबार शुक्लाफाँटा नगरपालिका–८,बेलडाँडास्थित प्रगति महिला सामुदायिक वनका उपभोक्तालाई ग्यास सिलिण्डर र चुलो सामुदायिक वनका अध्यक्ष अमरबहादुर साउद हस्तान्तर गरे । तर पछिल्लो दिनमा नियमीत रुपमा ग्यास किन्नु पर्ने बाध्यता बनाएको छ । सामुदायिक वनले गरेको आम्दानीबाट जिविकोपार्जन र आयआर्जनका काममा नभएर उल्टै उपभोक्ताको हित विपरीत काम गरेको आरोप छ ।