बैशाख ५, २०७९ सोमबार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ स्थित कालिका सामुदायिक वनको अनौखी खोला नजिकै झाडीमा चितुवा मृत अवस्थामा फेला परेको छ । सोमवार स्थानीयले चितुवा देखेपछि वन कार्यालयमा खवर गरेको शुक्लाफाँटा सब डिभिजन कार्यालयका रेन्जर दुर्गेश धामीले बताए । उनका अनुसार चितुवाको पछाडीको भाग सडेको छ । चितुवाको पोष्टमार्टमका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंग समन्वय गरी पठाउने कार्य भइरहेको धामीले जानकारी दिए । के कारणले चितुवाको मृत्यु भएको हो, पोष्टमार्टमपछि मात्रै खुल्ने धामीले बताए  ।