नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारका लागि स्थानीय निर्वाचन विश्वसनीयता बढाउने अवसर भएको बताएका छन् । उनले धेरैभन्दा मतदान हुने वातावरण कसरी बन्छ भन्नेबारे पनि रिपोर्टिङ गर्नुपर्नेमा जोड दिए ।
निर्वाचन आयोगमा आयोजित अन्तर्क्रियामा उनले भने, 'निर्वाचनलाई खलबलाउन खोज्ने तत्त्वलाई बाहिर ल्याउनेलगायत रिपोर्टिङका लागि निर्वाचन ठूलो अवसर हो । हामीले कोभिडकालमा पनि निरन्तर सूचना दिएकै हौँ । राज्यले ध्यान नदिँदा पनि हामीले सूचना दिने क्रमलाई निरन्तर दिएका थियौं । अहिले निर्वाचनको बेला पनि हामीले विश्वसनीयता प्रदर्शन गर्ने समय पाएका छौँ ।'