बैशाख ६, २०७९ मंगलबार

 प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जाल र अनलाइन मिडियामा प्रकाशनरप्रशारण हुने सामग्रीलाई आफूले सूक्ष्मरूपले नियालिरहेको बताएको छ ।

स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्वाचन आयोग र मिडियाबीच आज भएको अन्तर्क्रियामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाले चुनावी आचारसंहितामा पालना गरेरनगरेको विषयलाई मसिनो रूपले हेरिरहेको बताएका हुन् । 

उनले निर्वाचनका विषयमा चलाइएका हल्लालाई सामाजिक सञ्जाल प्रयोगकर्ता र मिडियाले प्राथमिकता दिन नहुने बताए । 'यो निर्वाचन कुनै पनि हालतमा रोकिनु हुँदैन । तोकिएको निर्वाचन समयमै हुनुपर्छ । मिडियाले निर्वाचन हुँदैन कि भन्ने हिसाबले बंग्याएर लेख्न हुँदैन । आचारसंहिताको कुरो छ। सबैले पुर्ण पालना गरिदिनु होला', उनले भने । 

सञ्चारमाध्यमको अनुगमन, मूल्याङ्कन गरी मर्यादित तथा जिम्मेवार बनाउने उद्देश्यले प्रेस काउन्सिल नेपाल सक्रिय छ ।