काठमाडौँ, ६ बैशाख । अमेरिकाबाट शंकास्पद ४० करोड रकम ल्याएको विषयमा अनुसन्धानको दायरामा रहेका पृथ्बीबहादुर शाह फरार भएका छन् । शाहले ल्याएको रकम अवैध भन्दै नेपाल राष्ट्र बैंकले सुरुमा रोक्का गरेको थियो । तर, अर्थमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा उनको रकम फुकुवा गर्न भनिएको थियो । शाह यसअघि पनि भारतीय रुपैयाँको कारोबारमा पक्राउ परेको समाचार आएका थिए ।
गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री शर्माको आदेश नमानेपछि उनलाई सरकारले निलम्बन गरेको छ । अधिकारी भने आफूमाथि गरिएको निलम्बन कानूनविपरीत भन्दै सर्वोच्च अदालत पुगेका छन् । आजबाट उनको रिटमाथि सुनुवाइसमेत सुरु हुने भएको छ ।