पाकिस्तानमा नवनियुक्त प्रधानमन्त्री शहबाज शरीफको नयाँ मन्त्रिमण्डलको मंगलबार शपथ ग्रहण भएको छ। शरीफको मन्त्रिमण्डलमा जम्मा ३४ जना मन्त्री रहनेछन्। यसबाहेक तीनजना सल्लाहकार पनि समावेश छन्।
पाकिस्तानको माथिल्लो सभा ९सिनेट०का अध्यक्ष सादिक सन्जरानीले मन्त्रिमण्डलका सदस्यहरूलाई शपथ खुवाएका थिए। मन्त्रीहरूको कार्यविभाजन भने नगरिएको बिबिसीले जनाएको छ।
अस्वस्थताका कारण राष्ट्रपति आरिफ अली कार्यक्रम सकिनुअघि नै निस्किएका छन्। शरीफले शपथ गराएका ३४ सदस्यमध्ये ३० जना मन्त्री र चारजना राज्यमन्त्री छन्।
मन्त्रिमण्डलमा मुस्लिम लिगका १२ सदस्य, पीपीपीका ९ सदस्य र अन्य दलको गठबन्धनका १६ सदस्य रहेका छन्। करिब १० दिनअघि पाकिस्तानमा इमरान खानको सरकार ढलेको थियो। गत हप्ता नै शरीफ पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका थिए।