बैशाख ६, २०७९ मंगलबार

काठमाडौँ — आज सेयर बजारमा हरियाली छाएको छ । मंगलबारको वृद्धि २०७९ सालकै पहिलो हो । यसअघि गत बुधबार परिसूचक नेप्से बढेको थियाे । त्यसयता काराेबार भएका सबै दिन घटेको नेप्से मंगलबार १३.३७ अंकले बढेको छ । वृद्धिपछि परिसूचक २३५७ अंकमा पुगेको छ । सेन्सिटिभ सूचक ३.६१ अंकले बढ्यो । 

कारोबार रकम भने घटेको छ । सोमबार १ अर्ब ५३ करोडको कारोबार भएकोमा मंगलबार १ अर्ब ३२ करोडमा खुम्चियो । बैंकिङ ६, व्यापार ०.८, होटल तथा पर्यटन ३१, विकास बैंक ३२, जलविद्युत ११, फाइनान्स ७, निर्जीवन बीमा ६२, उत्पादन २४, अन्य १९, माइक्रोफाइनान्स ३३ र जीवन बीमा उपसमूह ९७ अंकले बढे । नेस्डो सम्वृद्ध लघुवित्त र ग्रीन भेन्चरको मूल्य १० प्रतिशतले बढेको छ । दिव्यश्वरी हाइड्रोको मूल्य सबैभन्दा धेरै ८.८ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा नबिल बैंक, हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास, अरुणभ्याली हाइड्रो र अपी पावर क्रमशः अगाडि रहे ।