बैशाख ६, २०७९ मंगलबार

रोल्पा — पूर्वी रोल्पाको थबाङ गाउँपालिका–४ उवास्थित जुत्तर, मालागिरी, नयाँ गाउँ र गुराँसे गाउँ नजिकै करिब १६ विगाहामा लगाइएको अफिम खेती आइतबार नष्ट गरिएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार गोप्य सूचना पाएर पुगेको प्रहरी टोलीले गाउँभन्दा मुनिको जग्गामा लगाइएको अफिम सोमबार बिहान ९ बजेतिर नष्ट गरेको हो । फुल्नै थालेको अफिमको बोट नष्ट गर्न दुई दर्जन बढी प्रहरी परिचालित भएका थिए । उनीहरूलाई अफिम नष्ट गर्न दुई घण्टाभन्दा बढी समय लागेको थियो ।